Kathmandu Press

वरिष्ठ साहित्यकार सुवेदीको निधन

२००३ मा भोजपुरको दिङ्लामा जन्मिनुभएका साहित्यकार सुवेदी क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो। पूर्वाञ्चल विश्वविद्यालयमा १२ वर्षसम्म सूचना अधिकृतको रूपमा काम गरेका उनका एक दर्जन मौलिक कृति प्रकाशित छन्।
वरिष्ठ साहित्यकार सुवेदीको निधन

मोरङ, चैत १४ : वरिष्ठ साहित्यकार तथा प्राज्ञ दधिराज सुवेदीको निधन भएको छ। उनको ७८ वर्षको उमेरमा आज बिहान मोरङको विराट मेडिकल कलेज एन्ड टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको हो। 

२००३ मा भोजपुरको दिङ्लामा जन्मिएका साहित्यकार सुवेदी क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो। पूर्वाञ्चल विश्वविद्यालयमा १२ वर्षसम्म सूचना अधिकृतको रूपमा काम गरेका उनका एक दर्जन मौलिक कृति प्रकाशित छन्।

Hardik ivf

नेपालीमा स्नातकोत्तर गरेका साहित्यकार सुवेदीले पूर्वाञ्चल साहित्य प्रतिष्ठानको सदस्य सचिव तथा प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरको अध्यक्ष भइ नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका थिए। 

साहित्यकार सुवेदी विराटनगरलाई कर्मभूमि बनाएर नेपाली भाषा र साहित्यमा सक्रिय हुनुहुन्थ्यो। उनका ‘साधनाको अभिरेखाङ्कन’, ‘मातृकाका कथा’, ‘उनको कथाशिल्प’, ‘प्रतिभा र प्रस्तुति’, ‘नेपाली साहित्यका मुस्कानहरु’लगायत कृति लोकप्रिय छन्।

सुवेदीका नाममा उनका छोराहरुले २०७३ सालमा ‘दधिराज पुरस्कार प्रतिष्ठान’ स्थापना गरेका छन्। सो प्रतिष्ठानमार्फत २०७३ सालदेखि बर्सेनि दुई स्रष्टालाई सम्मान गरिँदैआएको साहित्यकार तथा पत्रकार कृष्णविनोद लम्सालले जानकारी दिए।   

सुवेदीको विराटनगरस्थित परोपकार घाटमा दाहसंस्कार गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ। सुवेदीका दुई छोरा, एक छोरी र श्रीमती छन्। 

प्रकाशित मिति: १४:०३ बजे, बुधबार, चैत १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्