Kathmandu Press

धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा

फेसबुकमा स्टाटस लेखेर हमालले छोरी सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको जानकारी दिएका छन्।
धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा

धनगढी, चैत १४ : धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती सम्पर्कमा आएकी छन्।

भारतको गोवाबाट सोमबारदेखि सम्पर्कविहीन आरती सम्पर्कमा आएकाे मेयर हमालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। फेसबुक स्टाटस लेखेर हमालले छोरी सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको जानकारी दिएका छन्।

Hardik ivf

‘सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु,’ उनले फेसबुकमा लेखेका छन्, ‘खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू, गोवामा बस्नुहुने  सहयोगी नेपाली  दाजुभाइ दिदीबहिनीहरूसहित सम्पूर्णमा हार्दिक धन्यवाद सहित कृतज्ञता  व्यक्त गर्दछु ।’

छोरी सम्पर्कविहीन भएपछि मेयर हमालले खाेजीका लागि सबैलाई सहयोगकाे अपिल गरेका थिए। उनले लेखेक थिए, ‘गोवा बस्नुहुने शुभचिन्तक, दाजुभाइ र दिदिबहिनीले खोजी कार्यमा सहयोग गरिदिनु हुन विनम्र अपिल गर्दछु।’

प्रकाशित मिति: १३:३९ बजे, बुधबार, चैत १४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्