Kathmandu Press

वर्तमान राजनीतिक समीकरण जनताको समृद्धि र स्थायित्वका लागि हो : वरिष्ठ उपाध्यक्ष पोखरेल

उदयपुरको गाईघाटमा आज प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान गठबन्धन मुलुकको राजनीतिक स्थायित्वका लागि गरिएको बताए। देशमा प्रजातन्त्र र गणतन्त्र अझ बलियो र सुदृढ बनाउन वर्तमान समीकरण गरिएको उनको भनाइ थियो।
वर्तमान राजनीतिक समीकरण जनताको समृद्धि र स्थायित्वका लागि हो : वरिष्ठ उपाध्यक्ष पोखरेल

उदयपु, चैत १३ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारमा एमालेसहितको गठबन्धन र समीकरण देश र जनताको समृद्धि तथा राजनीतिक स्थायित्वका लागि गरिएको बताएका छन्।

उदयपुरको गाईघाटमा आज प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान गठबन्धन मुलुकको राजनीतिक स्थायित्वका लागि गरिएको बताए। देशमा प्रजातन्त्र र गणतन्त्र अझ बलियो र सुदृढ बनाउन वर्तमान समीकरण गरिएको उनको भनाइ थियो।

Hardik ivf

एमालेसहितको नयाँ समीकरणको सरकार पूरै कार्यकाल चल्ने तथा भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिका साथ काम भइरहेको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए। 

भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि छाड्न नहुने उल्लेख गर्दै उनले कानुनबमोजिम कारबाहीका लागि एमालेले पहल गरिरहेको उल्लेख गरे। कोशी प्रदेशमा चाँडै एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए। एमाले उदयपुरको आजदेखि सुरु हुने नवाैं जिल्ला अधिवेशनमा सहभागी हुन उनी यहाँ आएका हुन्।
                   
कार्यक्रममा एमाले स्थायी समिति सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई, स्थायी समिति सदस्य तथा उदयपुर इञ्चार्ज परशु मेघी गुरुङ, केन्द्रीय सदस्य अम्बिका थापा, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, सचिव टीकाराम चेमजोङ, एमाले उदयपुरका अध्यक्ष परमेश्वर घिमिरेलगायतको उपस्थिति रहेको थियो। 

प्रकाशित मिति: १६:४९ बजे, मंगलबार, चैत १३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्