Kathmandu Press

सुनकोसीमा बेपत्ता भएका तीन बालबालिकामध्ये एकजनाकाे शव भेटियाे

उदयपुरको त्रियुगा नगरपालिका-१४ स्थित धाप्लाङमा आइतबार होली मनाएर पौडी खेल्ने क्रममा बेपत्ता भएकामध्ये मंगलबार एकजनाको शव भेटिएकाे सशस्त्र प्रहरीको बराह बाहिनीका डीआईजी अन्जनीकुमार पोखरेलले जानकारी दिए।
सुनकोसीमा बेपत्ता भएका तीन बालबालिकामध्ये एकजनाकाे शव भेटियाे

काठमाडौं, चैत १३ : सुनकोसी नदीमा बेपत्ता भएका तीन बालबालिकामध्ये एकजना मृत अवस्थामा भेटिएका छन्।

उदयपुरको त्रियुगा नगरपालिका-१४ स्थित धाप्लाङमा आइतबार होली मनाएर पौडी खेल्ने क्रममा बेपत्ता भएकामध्ये मंगलबार एकजनाको शव भेटिएकाे सशस्त्र प्रहरीको बराह बाहिनीका डीआईजी अन्जनीकुमार पोखरेलले जानकारी दिए।

Hardik ivf

धाप्लाङ घाटभन्दा करिब १ किलोमिटर तल त्रियुगा-१४ का ९ वर्षीय रिदम मगरकाे शव भेटिएकाे हाे। रिदमकाे शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ।

बेपत्ता दुई बालबालिकालाई सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीयवासीलगायतले खोजी गरिरहेका छन्। उनीहरू त्रियुगा-१४ साउनेका ११ वर्षीया रेखा मगर र ८ वर्षीय लोकबहादुर मगर हुन्। 

प्रकाशित मिति: १६:२९ बजे, मंगलबार, चैत १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्