सिंगापुरमा एआई इन्स्टिच्युटको स्थापना
एआई इन्स्टिच्युटले सरकारी एजेन्सीहरू र उद्योगहरूसँग मिलेर समाजमा एआई क्षमताहरू विस्तार गर्ने लक्ष्य राखेको छ।
सिंगापुर, चैत १२ : नेशनल यूनिभर्सिटी अफ सिंगापुरले शिक्षा, स्वास्थ्य र वित्तीय सेवामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको अनुसन्धान र प्रयोगलाई अगाडि बढाउन सोमबार एआई इन्स्टिच्युटको स्थापना गरेको छ।
एआई इन्स्टिच्युटले सरकारी एजेन्सीहरू र उद्योगहरूसँग मिलेर समाजमा एआई क्षमताहरू विस्तार गर्ने लक्ष्य राखेको छ।
विश्वविद्यालयद्वारा जारी विज्ञप्ति अनुसार नयाँ संस्थानले एआईसँगै नैतिक चिन्ता र जोखिमहरूलाई सम्बोधन गर्न पारदर्शिता र जवाफदेहिताको सुरक्षा गर्ने तरिकाहरूबारे अध्ययन गर्ने बताएको छ। यसका लागि संस्थानका अनुसन्धानकर्ताहरूले ८० लाख सिंगापुर डलर बाह्य लगानी प्राप्त गरेका छन्।
विश्वविद्यालयले अनुसन्धान, नीति अध्ययन र प्रारम्भिक तथा आधारभूत अनुसन्धानका लागि थप दुई करोड सिंगापुर डलर लगानी गर्नेछ।
प्रकाशित मिति: १७:४३ बजे, सोमबार, चैत १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1763799581.jpg)