Kathmandu Press

सुनकोसीमा बेपत्ता परेका तीन बालबालिका खाेज्न सशस्त्रको गोताखोर टोली परिचालन

जिल्लाको त्रियुगा नगरपालिका १४ साउनेका १२ वर्षीया रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगरको खोजी कार्यको गोताखोरको टोली परिचालन गरिएको हो।
सुनकोसीमा बेपत्ता परेका तीन बालबालिका खाेज्न सशस्त्रको गोताखोर टोली परिचालन

काठमाडाैं, चैत १२ : उदयपुरको उत्तरी सीमास्थित सुनकोसी नदीमा बेपत्ता परेका तीन बालवालिकाको खोजी कार्यको लागि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ।

जिल्लाको त्रियुगा नगरपालिका १४ साउनेका १२ वर्षीया रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगरको खोजी कार्यको गोताखोरको टोली परिचालन गरिएको हो।

Hardik ivf

बालबालिकाको खोजतलास गर्न शसस्त्र प्रहरी बल नम्बर १ बाराह बाहिनी मुख्यालय पकली सुनसरीबाट प्रहरी निरीक्षक उमेश काफ्लेको नेतृत्वमा ११ जना शसस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको ६ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए।

होली खेलेर नुहाउने क्रममा आइतबार तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका थिए। गोताखोरको टोलीले बेपत्ता भएको स्थानदेखि नदीको तल्लोे क्षेत्र तर्फ पानी मुनी गएर खोजी गरीरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरीनन्दन चौधरीले जानकारी दिए।

गोताखोरको टोलीले बेपत्ता बालबालीको खोजी गरीरहेको स्थानमा कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई पुगेर बेपत्ता बालबालिकाहरुको खोजतालसको जानकारी लिएका छन्। 

प्रकाशित मिति: १७:०० बजे, सोमबार, चैत १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्