Kathmandu Press

आगामी बजेटमा कृषि बिमालाई प्राथमिकतामा राखिनेछ : मन्त्री साह

सोमबार सिंहदरबारमा आयोजित आगामी आर्थिक बर्षको वजेट तथा कार्यक्रम सम्बन्धमा सांसदहरुसंगको छलफल कार्यक्रममा मन्त्री साहले कृषि, पशुपन्छी बीमाको क्षेत्रलाई विस्तार एवम् प्रवर्द्धन गर्ने गरि आगामी बजेटमा प्राथमिकतामा राखिने बताएकी हुन्।
आगामी बजेटमा कृषि बिमालाई प्राथमिकतामा राखिनेछ : मन्त्री साह

काठमाडाैं, चैत १२ : कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी साहले आगामी बजेटमा कृषि बिमालाई प्राथमिकतामा राखिने बताएकी छन्।

सोमबार सिंहदरबारमा आयोजित आगामी आर्थिक बर्षको वजेट तथा कार्यक्रम सम्बन्धमा सांसदहरुसंगको छलफल कार्यक्रममा मन्त्री साहले कृषि, पशुपन्छी बीमाको क्षेत्रलाई विस्तार एवम् प्रवर्द्धन गर्ने गरि आगामी बजेटमा प्राथमिकतामा राखिने बताएकी हुन्।

उनले कृषि बिमा प्रभावकारी नहुदा बर्षेनी हजारौ किसानहरु समस्या पर्ने गरेकाले मन्त्रालय यस बिषयमा गम्भीर रहेको जिकिर गरिन्। मन्त्री साहले किसानहरुको पहिचान गर्ने, जमिनहरुको वर्गीकरण गर्ने काममा ध्यान केन्द्रीत गरेको भन्दै २०८१–८२ भित्र किसान परिचय पत्र दिने गरि तयारी भइरहेको बताइन्।

त्यस्तै उनले सुन्तलालाई राष्ट्रिय फलफूलको रुपमा घोषणा गर्ने गरि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने पनि जानकारी दिइन्। मन्त्री साहले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आवश्यता अनुसारको बजेट नभएकाले वितरणमा समस्या देखिने गरेको बताए। 

प्रकाशित मिति: १६:४४ बजे, सोमबार, चैत १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्