Kathmandu Press

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

उत्तर कोरियाली नेता किमकी बहिनीले जापानी प्रधानमन्त्री किशिदाले आफ्ना भाइसँग शिखर वार्ता गर्न अनुरोध गरेको सोमबार पुष्टि गरेका हुन्। 
जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह
Hardik ivfHardik ivf

टाेकियाे, चैत १२ : जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ताका लागि आग्रह गरेको उत्तर कोरियाले जनाएको छ। 

उत्तर कोरियाली नेता किमकी बहिनीले जापानी प्रधानमन्त्री किशिदाले आफ्ना भाइसँग शिखर वार्ता गर्न अनुरोध गरेको सोमबार पुष्टि गरेका हुन्। 

लामो समयदेखि चलिरहेको अपहरण विवाद र उत्तर कोरियाको प्रतिबन्धित हतियार कार्यक्रमसहित दुई देशबीचको सम्बन्ध ऐतिहासिक रूपमा तनावपूर्ण छ तर किशिदाले हालै सम्बन्ध सुधार गर्ने इच्छा व्यक्त गर्नुभएको छ।प्योङयाङले जापानी प्रधानमन्त्री किशिदाको  आग्रहबारे कुनै औपचारिक प्रतिक्रिया दिइनसकेको जनाएको छ। 

गत वर्ष किशिदाले उत्तर कोरियाली समूहले सन् १९७० र १९८० को दशकमा जापानी नागरिकको अपहरण गरेको घटनालगायत सबै समस्या समाधान गर्न टोकियो इच्छुक रहेको भन्दै आफू बिनाशर्त किमसँग भेट्न तयार रहेको बताएका थिए।

उत्तर कोरियाली समाचार संस्था ९केसीएनए० ले उत्तर कोरियाली नेता किम यो जोङले जारी गरेको विज्ञप्तिलाई उद्धृत गरी लेखेको छ, 'प्रधानमन्त्री किशिदाले उत्तर कोरियाली नेता किमसँग जतिसक्दो चाँडो व्यक्तिगत रूपमा भेट्ने आफ्नो इच्छा व्यक्त गर्नुभएको छ।'

उत्तर कोरियाली नेता किम यो जोङले गत महिना जापानी नेतालाई उत्तर कोरिया भ्रमणका लागि प्योङयाङले निमन्त्रणा दिन सक्ने सङ्केत गर्नुभएको थियो। उनले भन्नुभयो, 'टोकियोको तर्फबाट ठोस नीतिगत परिवर्तन बिना, गलत बुझाइ र अविश्वासले भरिएको द्विपक्षीय सम्बन्ध सुधार गर्न असम्भव रहेको उत्तर कोरिया–जापान सम्बन्धको इतिहासले पाठ सिकाएको छ।' 

उनले जापान अपहरणको मुद्दामा तल्लीन रहने हो भने किशिदाको सम्बन्ध सुधार्ने आशा पूरा नहुने बताउनुभयो। किशिदाले केसीएनएको प्रतिवेदनबारे आफूलाई कुनै जानकारी नभएको र त्यसको विषयवस्तुबारे प्रत्यक्ष टिप्पणी नगर्ने सोमबार बताएको तर उत्तर कोरियासँगको उच्चस्तरीय वार्तालाई ‘महत्वपूर्ण’ भनेका थिए। 

सन् १९७० र १९८० को दशकमा भएका अपहरणका घटनालाई सङ्केत गर्दै किशिदाले संसद्मा भने, 'जापान–उत्तर कोरिया सम्बन्धका लागि अपहरणको मुद्दाजस्ता समस्या समाधानका लागि उच्चस्तरीय वार्ता महत्वपूर्ण छ। यही कारण हामीले उत्तर कोरियासँग प्रत्यक्ष रूपमा पदीय हैसियत अनुसार विभिन्न दृष्टिकोण हरु बनाइरहेका छौं र यसबारे मैले विगतमा बिषयहरूलाई राखिसकेको छु।'

उत्तर कोरियाले सन् १९७० र ८० को दशकमा १३ जना जापानी नागरिकलाई अपहरण गर्न समूहहरू पठाएको प्योङयाङले सन् २००२ मा स्वीकारेको थियो। जापानमा अपहरणका ती घटनाहरूलाई शक्तिशाली र भावनात्मक मुद्दाको रूपमा हेरिन्छ। 

आधिकारिक रूपमा पहिचान गरिएकोभन्दा धेरै अपहरण गरिएको हो कि भन्ने शङ्का कायमै छ। विश्लेषकहरूले लामो समयदेखि यस विषयमा विवादले किशिदा र किम जोङ उनबीचको शिखर वार्ताको प्रगतिमा बाधा पुग्न सक्ने बताउँदै आएका छन्। सियोलस्थित ‘कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसन’का वरिष्ठ विश्लेषक होङ मिनले एएफपीसँग भन्नुभयो, 'उत्तर कोरियाको यो भनाइ प्योङयाङले दुई देशका नेताबीच भविष्यमा हुने कुनै पनि शिखर सम्मेलनका लागि वार्ता गर्ने प्रयास गरेको जस्तो देखिन्छ।'

उनले थप्नुभयो, 'यो प्योङयाङको वार्ता गर्नका लागि शिखर सम्मेलन पूर्वशर्तहरू निर्धारण गर्न जापान कत्तिको गम्भीर छ भनेर परीक्षण गर्ने तरिका हो।' जापानका पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमीले सन् २००२ मा प्योङयाङको ऐतिहासिक भ्रमण गरी किमका पिता किम जोङ इलसँग भेट गर्नुभएको थियो। 

यस भ्रमणले पाँच जना जापानी नागरिकहरूको फिर्ती र कोइजुमीको अनुवर्ती भ्रमणको नेतृत्व गरेको थियो तर उत्तर कोरियाले अपहरण पीडितहरूको बारेमा स्पष्ट कुरा नआउने टोकियोको चिन्ताको कारण कूटनीति चाँडै बिग्रिएको थियो। नेता किमकी बहिनी (जोङ) ले भने, 'किशिदाले चाहेको र निर्णय गरेको अवस्थामा हाम्रो राज्य नेतृत्वलाई भेट्न असम्भव छ भनेर सोच्नु पर्देन।'

'यदि जापान वास्तवमै द्विपक्षीय सम्बन्ध सुधार गर्न चाहन्छ र उत्तर कोरियाको नजिकको छिमेकीको रूपमा क्षेत्रीय शान्ति र स्थिरता सुनिश्चित गर्न योगदान गर्न चाहन्छ भने उसले आफ्नो समग्र हितअनुरूप रणनीतिक विकल्पका लागि राजनीतिक निर्णय लिन आवश्यक छ,' उनले भने। 

प्रकाशित मिति: १५:४६ बजे, सोमबार, चैत १२, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्