Kathmandu Press

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

मिथिलाको महाकुम्भ भनिने १५ रात १६ दिनको परिक्रमा सोमबार जनकपुरधामको अन्तर्गृह परिक्रमा गरिएसँगै समापन भएको हो।
मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

जनकपुरधाम, चैत १२ : जनकपुरधाममा यसवर्षको मिथिला माध्यमिकी परिक्रमा सम्पन्न भएको छ।

मिथिलाको महाकुम्भ भनिने १५ रात १६ दिनको परिक्रमा सोमबार जनकपुरधामको अन्तर्गृह परिक्रमा गरिएसँगै समापन भएको हो।

Hardik ivf

मधेसको प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्रमा पारेर एक सय ३३ किलोमिटरको वृत्तमा नाङ्गा खुट्टाले हिँडेर मिथिला माध्यमिकी परिक्रमा गरिन्छ। मध्याह्नपूर्व सम्पन्न गरिने यात्रामा एक लाखभन्दा बढीको सहभागिता रहेको थियो।  

अन्तर्गृह परिक्रमाले आत्मशुद्धि हुने, परमार्थ सुध्रने र पारिवारिक कल्याण भई अन्त्यमा मोक्ष प्राप्त हुने हिन्दू मैथिल जनविश्वास छ। त्रेता युगमा श्री राम र जानकीले जनकपुरधाम वरपर विहार गर्नुभएको सम्झनामा यो यात्रा परम्परा सुरु भएको मानिन्छ।

मिथिलामा परिक्रमाको १५औँ दिनको रात ठाउँठाउँमा राक्षसी होलिकाको आकृति बनाइ त्यसलाई दहन गर्ने र भोलिपल्ट त्यो डढेको आकृतिको खरानी उडाउने चलन छ। यसमा आकृति दहन गर्नुलाई ‘होलिका दहन’ र खरानीको धुलो उडाउनुलाई ‘धुरा उडाउनु’ भनिन्छ।

मिथिलाको मध्यमा परिक्रमा वृत्तभित्र भने धुरा उडाएको अर्थात् अन्तर्गृह परिक्रमा गरिएको भोलिपल्ट फागु खेल्ने चलन छ। 

प्रकाशित मिति: १३:३७ बजे, सोमबार, चैत १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्