Kathmandu Press

‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ सार्वजनिक

रङहरुको पर्व फागु पूर्णिमाको अवसर पारेर आइतबार राजधानीमा एक कार्यक्रमबीच बोक्सी लुक्स सार्वजनिक गरिएको हो। उक्त चलचित्र आगामी वैशाख १४ गते रिलिज हुनेछ।
‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ सार्वजनिक
Hardik ivfHardik ivf

काठमाडौं, चैत ११ : चलचित्र ‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ सार्वजनिक गरिएको छ। रङहरुको पर्व फागु पूर्णिमाको अवसर पारेर आइतबार राजधानीमा एक कार्यक्रमबीच बोक्सी लुक्स सार्वजनिक गरिएको हो। उक्त चलचित्र आगामी वैशाख १४ गते रिलिज हुनेछ।

उक्त लुक्सलाई चलचित्रकी प्रस्तुतकर्ता तथा अभिनेत्री केकी अधिकारी र पूर्वमिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बाले सार्वजनिक गरेका हुन्। ’बोक्सी लुक्स’ मा केकीलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ। 
प्रस्तुतकर्ता तथा अभिनेत्री केकीले यसअघि सार्वजनिक टिजर र गीतमा नदेखाइएको ‘बोक्सी लुक्स’लाई फागु पूर्णिमाको अवसर पारेर सार्वजनिक गरिएको बताइन्। ‘टिजर र गीतमा सस्पेन्सका रुपमा राखिएको बोक्सी लुक्सलाई प्रचार प्रसारको प्रमुख माध्यम बनाउन सार्वजनिक गरेका हौं’, उनले भनिन्।

चलचित्रको टिजर र सार्वजनिक गीत ‘जिन्दगीको कथा, यता न उता’ले राम्रै चर्चा पाइरहेको छ। यहि परिप्रेक्ष्यमा सार्वजनिक ‘बोक्सी लुक्स’ले अझ बढी चर्चा पाउनेमा केकी विश्वस्त छिन्। लेखक तथा निर्देशक सुलक्षण भारतीले जल्दोबल्दो सामाजिक विषयवस्तुमा चलचित्र बनाइएकाले नेपाली दर्शकले फरक स्वाद पाउने दाबी गरे।

चलचित्र आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर बद्री अधिकारीले चलचित्र निर्माण गरेका हुन्। बद्री अभिनेत्री केकीका पिता हुन्। केकी अधिकारी चलचित्रको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ।

अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको चलचित्रले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने बताइन्। महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर चलचित्र निर्माण गरिएको उनको भनाइ छ।

चलचित्र नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने योजनामा केकी छिन्। चलचित्रका कार्यकारी निर्माता राज घिमिरे हुन्। चलचित्रमा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ। लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ।

प्रकाशित मिति: १५:५५ बजे, आइतबार, चैत ११, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्