Kathmandu Press

धर्म बिरु लामाको ‘जो हेर्‍यो लाग्छ त्यही राम्री’ बोलको तामाङ सेलो गीत सार्वजनिक

भिडियोमा चर्चित नृत्य निर्देशक सुरेश पाण्डेको निर्देशन रहेको छ भने सम्पादन तथा कलर सौखिन तिमल्सिनाले गरेका छन्। उक्त गीतको भिडियोमा प्रमुख भुमिकामा पर्वत विश्वकर्मा र माया रानालाई देख्न सकिन्छ।
धर्म बिरु लामाको ‘जो हेर्‍यो लाग्छ त्यही राम्री’ बोलको तामाङ सेलो गीत सार्वजनिक

काठमाडाैं, चैत ११ : गीतकार तथा समाजसेवी धर्म बिरु लामाको ‘जो हेर्‍यो लाग्छ त्यही राम्री’ बोलको तामाङ सेलो गीत सार्वजनिक भएको छ। लामाको शब्दसँगै चर्चित गायक विश्व दोङको स्वरमा सजिएको गीतको संगीत तथा एरेन्ज भने वरिष्ठ संगितकार रुबिन जोएले गरेका छन्।

भिडियोमा चर्चित नृत्य निर्देशक सुरेश पाण्डेको निर्देशन रहेको छ भने सम्पादन तथा कलर सौखिन तिमल्सिनाले गरेका छन्। उक्त गीतको भिडियोमा प्रमुख भुमिकामा पर्वत विश्वकर्मा र माया रानालाई देख्न सकिन्छ।

Hardik ivf

त्यस्तै अन्य कलाकारहरुमा मुना राई, मार्फिना गुरुङ, रेनुका राई, सुनिता लिम्बूलगायतको अभिनय रहेको छ। काठमाडौं र धादिङको सिमानामा छायांकन गरिएको उक्त गीतमा विभिन्न जात–जातिका भेषभुषा तथा पहिचानलाई झल्काउन खोजीएको छ।

सबैको मनमुटुमा बस्न सफल लोकप्रिय गायक विश्व दोङ र उत्कृष्ट गीतकार धर्म बिरु लामाको सहकार्यमा सृजित तामाङ सेलो गीत ‘भिरु प्रडक्सन हाउस’ युट्युब च्यानलमा सार्वजनिक भएको छ।

नेपालमा मात्र नभएर विदेशमा समेत चर्चा कमाइ सकेका गीतकार लामाले यसअघि पनि आफ्ना थुप्रै चर्चित गीतहरु बजारमा ल्याईसकेका छन्। जस्तै राष्ट्रिय गीत ‘हाम्रो देश नेपाल’, ‘उकाली ओराली भन्ज्याङमा’, ‘जिन्दगीमा घाँमछायाँ’ साथै हिन्दी गीत ‘मेरी यादो मे’ समेत लेखिसकेका छन्।

उनका गीतहरु नेपालका चर्चित गायक राजेशपायल राई, यम बराल, उदय सोताङ, रामकृष्ण ढकाललगायतका वरिष्ठ गायकहरुले गाईसकेका छन्।

प्रकाशित मिति: १४:३७ बजे, आइतबार, चैत ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्