Kathmandu Press

चितवन पुगेर रवि लामिछानेले मनाए होली

उनले आफ्नो नीजि सचिवालय रहेको भरतपुर बसेनी चोकस्थित कार्यालयमा कार्यकर्तासँग एक आपसमा अबिर साटासाट गर्र्दै होली मनाएका हुन्।
चितवन पुगेर रवि लामिछानेले मनाए होली

चितवन, चैत ११ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चितवनमा होली पर्व मनाएका छन्।

उनले आफ्नो नीजि सचिवालय रहेको भरतपुर बसेनी चोकस्थित कार्यालयमा कार्यकर्तासँग एक आपसमा अबिर साटासाट गर्र्दै होली मनाएका हुन्।

Hardik ivf

सो अवसरमा बोल्दै अहिले गठबन्धन गरेत सरकारमा आफुले ठूलो काम गरेको दाबी गरे। चितवनकै कारण आफु हरेक सुखदुःखमा साथ सहयोगले नयाँ उचाइ पुगेको उनले बताए। उनले भ्रष्टाचार नियन्त्रणमा जतिसुकै ठूला माछा भए पनि नागरिकले कारबाही गर्ने अधिकार दिएको उल्लेख गरे।.

लामिछानेले कांग्रेसलाई प्रधानमन्त्रीले गलत्याएर सरकारबाट फ्याँकेको जस्तो अवस्थामा आफुहरु नपुग्ने भन्दै काम गर्न नसके राजीनामापत्र अहिलेदेखि झोलामा तयार रहेको दोहाेर्याए । 

प्रकाशित मिति: १४:१६ बजे, आइतबार, चैत ११, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्