विप्लव समूहका जिल्ला इन्चार्जसहित दुई पक्राउ
रौतहट, चैत ८ : नेत्रविक्रम चन्द 'विप्लव' समूहका रौतहट जिल्ला इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला इन्चार्ज स....

रौतहट, चैत ८ : नेत्रविक्रम चन्द 'विप्लव' समूहका रौतहट जिल्ला इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला इन्चार्ज सङ्केत भनिने कुमार राई र जिल्ला सदस्य जगत् गुरुङ रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।
पक्राउ परेका राई र गुरुङको साथबाट एक थान कटुवा पेस्तोल तथा एउटा हाते ग्रिनेड बरामद गरिएको छ। पक्राउ परेका राई र गुरुङमाथि आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
गोप्य सुचनाको आधारमा प्रहरी टोलीले उनीहरुलाई मकवानपुर तथा रौतहटको सीमा जङ्गलबाट शनिबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक शाहीले बताए।
प्रकाशित मिति: १५:२६ बजे, शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

