नेपाल–पाकिस्तान सम्बन्ध ६० वर्षमा
काठमाडौं, चैत ८ : नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको छ। यसै अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले बधाई तथा शुभकामन....

काठमाडौं, चैत ८ : नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको छ। यसै अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले बधाई तथा शुभकामना सन्देश आदान–प्रदान गरेका छन्।
सन्देशमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र पाकिस्तानका विदेशमन्त्री मक्दूम शाह कुरेसीले सन्देशमा आपसी विश्वास, समझदारी र सहयोगका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई देशीय सम्बन्ध विस्तारका सम्भावनाबारे चर्चा गर्दै मन्त्री ज्ञवालीले व्यापार, पर्यटन, लगानी तथा जनता–जनताबीचको सम्बन्धलाई सवल बनाउनुपर्नेमा जोड दिएका छन्।
नेपाल र पाकिस्तानबीच २० मार्च १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

