Kathmandu Press

भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि भुटान प्रस्थान

भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक र उनका समकक्षी छिरिङ तोब्गेसँग भेटवार्ता गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ।
भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि भुटान प्रस्थान

नयाँदिल्ली, चैत ९ :  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको दुई दिने राजकीय भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन्।  

भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक र उनका समकक्षी छिरिङ तोब्गेसँग भेटवार्ता गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ।

दुई पक्षबीच आपसी हितका क्षेत्रहरूमा केही समझदारी पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।

भुटानको भ्रमणमा जानुअघि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा  भारत–भुटान साझेदारीलाई अझ सुदृढ पार्ने उद्देश्यले विभिन्न कार्यक्रममा सहभागी हुने सार्वजनिक गरेका छन्। 

भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा खराब मौसमका कारण प्रधानमन्त्री मोदीको बिहीबारका लागि तय भएको भ्रमण एक दिन ढिलो भएको हो।

प्रकाशित मिति: १५:०० बजे, शुक्रबार, चैत ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्