Kathmandu Press

पोखराको व्यापारिक मलका व्यवसायीलाई भाडामा ५० प्रतिशत छुट

पोखरा, चैत ८ : कोरोना भाइरस (कोभिड–१९) को कारण व्यापार व्यवसाय प्रभावित बनेपछि पोखराको एक व्यापारिक मलले व्यवसायीलाई भाडामा ५० प्रतिशत छुट ....

पोखराको व्यापारिक मलका व्यवसायीलाई भाडामा ५० प्रतिशत छुट
Hardik ivf

पोखरा, चैत ८ : कोरोना भाइरस (कोभिड–१९) को कारण व्यापार व्यवसाय प्रभावित बनेपछि पोखराको एक व्यापारिक मलले व्यवसायीलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ। 

पोखराको मुख्य व्यापारिक केन्द्र चिप्लेढुङ्गामा अवस्थित पोखरा ट्रेड मल एण्ड हाउजिङ् प्रालिले मलमा रहेका पाँच सय तीन सटरमा सञ्चालित दुई सय ५२ व्यापारिक प्रतिष्ठानलाई चैत महिनाको भाडामा आधा छुट दिने भएको हो। विसं २०७२ असोज २४ गतेदेखि सञ्चालनमा आएको गण्डकी प्रदेशकै सबैभन्दा ठूलो मलले कोरोनाका कारणले व्यापार व्यवसाय चौपट भएको परिस्थितिलाई मध्यनजर गरी मलभित्रका व्यवसायीलाई केही मात्रामा भए पनि राहत दिनका लागि भाडामा छुट दिने निर्णय गरिएको गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका मलका अध्यक्ष विन्दुकुमार थापाले बताए।
  
मलको निर्णयबाट व्यवसायीलाई २५ लाख रुपैयाँ भाडामा छुट हुने जनाएको छ। कोरोनाको त्रास लम्बिएको अवस्थामा छुट दिने योजनालाई निरन्तरता दिइने अध्यक्ष थापाले बताए। “व्यवसायमा नाफा मात्र जोडिदैन, सेवाको भावना पनि जोडिएको हुन्छ, विषम परिस्थितिका कारणले व्यवसायी मर्कामा परेका कारणले व्यवसायीबाटै सञ्चालित संस्था भएकाले भाडामा छुट दिएर राहत प्रदान गर्ने निर्णण गरेका हौँ”, अध्यक्ष थापाले भने।

देशभरका उद्योग, व्यवसाय तथा व्यापारिक प्रतिष्ठान कोरोनाका कारणबाट खस्किरहेको समयमा बैंक तथा वित्तीय संस्थाले समेत ब्याजदरमा कम्तीमा ५० प्रतिशत घटाउने व्यवस्था मिलाउनुपर्ने व्यवसायीहरुको माग छ। कोरोनाबाट सहजगता अपनाउन मलभित्र प्रवेश गर्ने ग्राहक, शुभेच्छुक, व्यवसायी तथा कर्मचारीलाई स्यानिटाइजर प्रयोग तथा मलको प्रवेशद्वारमा स्वास्थ्य सहायताकक्ष स्थापना गरी ग्राहकको शरीरको तापक्रम परीक्षण गरिएको छ।

प्रकाशित मिति: १३:२३ बजे, शनिबार, चैत ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्