नेविसंघ स्याङ्जा काठमाडौं सम्पर्क समाजद्धारा मास्क वितरण
काठमाडौं, चैत्र ८ : नेपाल विद्यार्थी संघ स्याङ्जा काठमाडौं सम्पर्क समाजले शुक्रबार २५०० मास्क वितरण गरेको छ ।
नेपाली कांग्रेसका तत्कालिन सभा....
काठमाडौं, चैत्र ८ : नेपाल विद्यार्थी संघ स्याङ्जा काठमाडौं सम्पर्क समाजले शुक्रबार २५०० मास्क वितरण गरेको छ ।
नेपाली कांग्रेसका तत्कालिन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १० औँ स्मृति दिवसका अवसर पारेर समाजले बढ्दो कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै २५०० मास्क वितरण गरेको हो ।
मास्क वितरण कार्यक्रममा नेविसंघका महामन्त्रीद्वय बलदेव तिमल्सिना र युवराज पाण्डेय लगायतका विद्यार्थी नेताहरुको पनि सहभागिता रहेको थियो । कोरोना भाइरस संक्रमणको त्रास बढीरहेका बेला बजारमा भएको मास्कको अभावलाई मध्यनजर गर्दै मास्क वितरण गरिएको समाजका अध्यक्ष दिपेन्द्र क्षेत्रीले जानकारी दिए ।
कार्यक्रममा महामन्त्री युवराज पाण्डेयले राष्ट्र संकट र सन्त्रासपूर्ण परिस्थितिमा रहेको वर्तमान अवस्थामा गिरिजावावुको सहमती, सहकार्य र एकताको अवधारणलाई सवैले अनुसरण गर्न सके कोरोनाको महामारीबाट जोगिन सकिने बताए ।