अनिल लम्सालको ‘आँखै गाजले’ सार्वजनिक (भिडियो)
अनिल लम्साल र रोशन बिसीको शब्द रहेको गीतमा लय तथा संगीत सुदिप परियारले दिएका छन् । गीतमा संगीत संयोजनको काम भने सुनिल परियारले गरेका हुन् ।
काठमाडौं, चैत ७ : चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार र रोशन बिसिको स्वरमा लोक तथा दोहोरी गीत ‘आँखै गाजले’ बोलको सार्वजनिक भएको छ ।
अनिल लम्साल र रोशन बिसीको शब्द रहेको गीतमा लय तथा संगीत सुदिप परियारले दिएका छन् । गीतमा संगीत संयोजनको काम भने सुनिल परियारले गरेका हुन् ।
गीतको भिडियोमा लोकप्रिय मोडल जुनु एसडी, अनिल लम्साल र रोशन बिसिलाई देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी र निर्देशन होम गुरुङ्ले गरेका छन् । भिडियो खिच्ने काम गणेश सापकोटाले गरेका हुन् भने सम्पादन सुबास उमागाइले गरेका हुन् ।
सर्जक तथा मोडल अनिल लम्सालको आधिकारिक युट्युव च्यानलमार्फत यो गीतको भिडियो सार्वजनिक गरिएको छ । शब्द सृजना एवम् मोडलिङमा रुचि भएका अनिल सफल युवा व्यवसायी पनि हुन । सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक तथा स्रोताको मन जित्दै गएको छ ।
प्रकाशित मिति: १२:३७ बजे, बुधबार, चैत ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












