सुनको भाउ आज स्थिर
आज पनि सुनको भाउ एक लाख २५ हजार दुई सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
काठमाडौं, चैत ७ : सुनको भाउ आज स्थिर छ । हिजो ७ सय रुपैयाँले बढेर तोलाको एक लाख २५ हजार २ सय रुपैयाँ पुगेको सुनको भाउ आज स्थिर रहेको हो ।
आज पनि सुनको भाउ एक लाख २५ हजार दुई सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार पाँच सय २५ रुपैयाँ रहेको चाँदीको भाउ आज तोलाको एक हजार पाँच सय २० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: १२:२२ बजे, बुधबार, चैत ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












