अज्ञात समूहको गोली लागेर एक घाइते
हेटौडा, चैत ७ : अज्ञात समूहको गोली प्रहारबाट मकवानपुरको कैलाश गाउँपालिका–८ का लालबहादुर मोक्तान घाइते भएका छन्।
गोली लागेर ....

हेटौडा, चैत ७ : अज्ञात समूहको गोली प्रहारबाट मकवानपुरको कैलाश गाउँपालिका–८ का लालबहादुर मोक्तान घाइते भएका छन्।
गोली लागेर गम्भीर घाइते भएका ३० वर्षीय मोक्तानको उपचारका लागि मनाङ एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले बताए। उनका अनुसार शुक्रबार बिहान अज्ञात समूहले मोक्तानमाथि गोली प्रहार गरेको थियो।
मोक्तानलाई कसले र किन गोली प्रहार गरेको भन्ने विषयमा प्रहरीले अनुसन्धान टोली गठन गरी छानबिन गरिरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८:४५ बजे, शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

