Kathmandu Press

अति आवश्यकबाहेक उपचार र अप्रेसन नगर्न अस्पताललाई निर्देशन

काठमाडौं, चैत ७ : सरकारले अति आवश्यक बाहेक अन्य अपरेसनहरु चैत मसान्तसम्म नगर्न अस्पताललाई निर्देशन दिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्....

अति आवश्यकबाहेक उपचार र अप्रेसन नगर्न अस्पताललाई निर्देशन

काठमाडौं, चैत ७ : सरकारले अति आवश्यक बाहेक अन्य अपरेसनहरु चैत मसान्तसम्म नगर्न अस्पताललाई निर्देशन दिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संभावित संक्रमणसँग लड्नको लागि तत्काल नगरी नहुने भनेर ठम्याइएकाबाहेक अपरेसननगर्न अस्पताललाई निर्देशन दिएको हो।

राजधानीका ५० शैयाभन्दा बढी क्षमता भएका अस्पताललाई चैत मसान्तसम्म अति आवश्यक बाहेक अन्यको स्वास्थ्य परीक्षणसमेत नगर्न निर्देशन दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

साथै कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी घर जाँदा उनीहरुको परिवारलाई पनि जोखिम हुने भएको छुट्टै आवास उपलब्ध गराउनुपर्ने निर्देशन पनि दिएको छ।

त्यस्तै मन्त्रालयले कोरोना भाइरसको नमुना परीक्षण गर्न योग्य ठानेको वीर, धुलिखेल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई तत्काल परीक्षण सुरु गर्न पनि निर्देशन दिएको छ। 

प्रकाशित मिति: १८:२३ बजे, शुक्रबार, चैत ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्