सुनको मूल्य प्रतितोला सात सय बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार दुई सय कायम भएको छ। सोमबार छापावाला सुन प्रतितोला एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो।काठमाडौं, चैत ६ : स्थानीय बजारमा सुनको मूल्य प्रतितोला सात सयले बृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार दुई सय कायम भएको छ। सोमबार छापावाला सुन प्रतितोला एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो।
यस्तै, तेजावी सुन पनि प्रतितोला सात सयले बृद्धि भएको छ। महासंघले आजका लागि तेजावी सुन प्रतितोला एक लाख २४ हजार छ सय कायम भएको जनाएको छ। सोमबार तेजावी सुन प्रतितोला एक लाख २३ हजार नौ सय मूल्यमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ। सोमबार प्रतितोला एक हजार पाँच सय २० मा कारोबार भएको चाँदी आजका लागि एक हजार पाँच सय २५ निर्धारण भएको छ।
प्रकाशित मिति: १२:११ बजे, मंगलबार, चैत ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एकैदिन झण्डै १६ हजार घट्यो सुनको मूल्यसोमबार, मंसिर १०, २०८१
जिल्लामै बढी आयकर दाखिला गर्दै 'द क्लिफ' बन्यो उत्कृष्ट करदातासोमबार, मंसिर १०, २०८१
ग्लोबल आइएमईका ग्राहकलाई समाज डेन्टलमा विशेष छुट, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ईएमआई सुविधाआइतबार, मंसिर ९, २०८१
सुनको मूल्य वृद्धि, तोलाको एक लाख ६७ हजार नाघ्यो आइतबार, मंसिर ९, २०८१