Kathmandu Press

कोरोना रोकथामको लागि महानगरको तयारी, प्रत्येक वडालाई रकम वितरण

काठमाडौं चैत ७ : काठमाडौं महानगरपालिकाले प्रत्येक वडालाई दुई देखि चार लाख रुपैयाँ रकम वितरण गर्ने भएकोे छ। कोरोना भाइरस संक्रमणको जोखिम फैलिएको समयमा ....

कोरोना रोकथामको लागि महानगरको तयारी, प्रत्येक वडालाई रकम वितरण

काठमाडौं चैत ७ : काठमाडौं महानगरपालिकाले प्रत्येक वडालाई दुई देखि चार लाख रुपैयाँ रकम वितरण गर्ने भएकोे छ। कोरोना भाइरस संक्रमणको जोखिम फैलिएको समयमा स्नानिटाइजर र साबुन किन्न सहयोग स्वरुप रकम प्रदान गरिएको हो।

कोरोना भाइरसको रोकथामको लागि आवश्यक साम्रगी, सुचना,र प्रत्येक वडामा हेल्थ डेस्क राख्नको लागि महानगर भित्रको ३२ वटै वडामा रकम वितरण गर्न लागेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए। 

महानगरले कोरोना भाइररसको रोकथाम र नियन्त्रणको लागि विभिन्न तयारी थालेको छ। जसमा आफुलाई कारोनाको शंका लागेमा १०२ मा फोन गरी नेपाल एम्बुलेन्स सेवामार्फत तत्काल अस्पताल लैजाने व्यवस्था गरेको छ। महानगरभित्रका कर्मचारीलगायत स्थानीय तहका कर्मचारीहरुलाई  भोज गर्न र भीडभाड हुने कार्यक्रम गर्न रोक लगाउने तयारी गरेको छ। साथै सार्वजनिक स्थानहरुमा किटाणु मर्ने भाइरस छर्ने  तयारी भइरहेको छ।

प्रकाशित मिति: १६:४४ बजे, शुक्रबार, चैत ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्