Kathmandu Press

सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने नाउपाको निर्णय 

आइतबार प्रदेशसभा संसदीय दलको नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय लिएको हो।
सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने नाउपाको निर्णय 

धनगढी, चैत ४ : नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेशसभा सदस्यले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थनको पक्षमा निर्णय गरेका छन्।

आइतबार प्रदेशसभा संसदीय दलको नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय लिएको हो।

Hardik ivf

आर्थिक मामिला मन्त्री समेत रहेका चौधरीले बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै अहिलेको सरकारलाई नै समर्थन कायम राख्ने निर्णय भएको बताएका छन्। उनले चाँडै मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने भनाई राखे। 

नाउपा केन्द्रमा भने नयाँ गठबन्धनमा संलग्न छ। नाउपाले मुख्यमन्त्रीलाई समर्थन दिँदा कांग्रेसका १८ र नाउपाका ७ गरेर २५ जना सांसद हुने छन्। आवश्यक बहुमतका लागि २७ सांसदको आवस्यकता पर्दछ। बहुमतका लागि अझै दुई सांसद आवस्यक हुन्छ। 
 

प्रकाशित मिति: १७:३८ बजे, आइतबार, चैत ४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्