पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा विस्फोट गराएको आरोपमा तीन पक्राउ
काठमाडौं, चैत ७ : पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। बिहीबार प्रहरीले काठमाडौ....

काठमाडौं, चैत ७ : पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। बिहीबार प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट नेत्रविक्रम चन्द विप्लव समूहका कैलालीका लक्ष्मण सेठी र अमृत कुमाल तथा कालीकोटका टेक लोहारलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ।
विस्फोट भएकै दिन प्रहरीले मनोहरा सुकुम्बासी बस्तीबाट देवीप्रसाद गुरुङलाई पक्राउ गरिसकेको छ।
गत फागुन २८ गते भक्तपुरको लोकन्थलीस्थित पूर्वमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा कुकर बम विस्फोट गराइएको थियो । विस्फोटबाट बाँस्कोटाको घरसँगै रहेका अन्य तीन वटा घरहरुमा पनि सामान्य क्षति पुगेको छ।
प्रकाशित मिति: १५:१४ बजे, शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

