Kathmandu Press

इलाम २ मा मिलन लिम्बूले घोषणा गरे स्वतन्त्र उम्मेदवारी

लिम्बूले राजनीतिक दलहरूले गरेको भ्रष्टाचारको विरुद्धमा लडिरहने प्रतिबद्धतासहित उम्मेदवारी दिने बताए। 
इलाम २ मा मिलन लिम्बूले घोषणा गरे स्वतन्त्र उम्मेदवारी

काठमाडौं, चैत ४ : आउँदो बैशाख १५ गते हुन लागिरहेको इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा मिलन लिम्बुले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। लिम्बूले राजनीतिक दलहरूले गरेको भ्रष्टाचारको विरुद्धमा लडिरहने प्रतिबद्धतासहित उम्मेदवारी दिने बताए। 

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले इलामका नागरिकको सेवक बनेर जीवनभर काम गर्ने बाचा गर्दै उनले नेताहरुले गरेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा काम गर्ने बताए। 

Hardik ivf

उनले भने, ‘हाम्रो क्षेत्रको विकासको चाहना पूरा गर्नका लागि मलाई इलाम २ का जनताले यो माटोको उम्मेदवारका रूपमा उभ्याएका छन्। राजनीतिक दलहरूले गरिरहेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध लडिरहनेछु। यो उपनिर्वाचनमा मात्रै नभएर म इलामका नागरिकको सेवक बनेर जीवनभर सुख–दुःखमा सँगै उभिने बाचा गर्दछु।’ 

उनले राजनीतिक दलका उम्मेदवारले मतको दुरुपयोग मात्रै होइन, मूल्य–मान्यताहरूलाई समेत कुल्चिएको भन्दै यसलाई रोक्नको लागि सबैको साथ र सहयोगका लागि अपिल गरेका छन्। 

संविधान र संघीयता लागू भएपनि अझै राजनीतिक कार्यभार बाँकी रहेको भन्दै उक्त कार्यभार पूरा गर्नका लागि सबै एकताबद्ध हुन आवश्यक रहेको पनि उनको भनाई छ। 

उनले भने, ‘संविधान र संघीयता लागू भएपनि अझै केही राजनीतिक कार्यभार बाँकी छन्। स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनु छ। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाउने गरी शासकीय प्रणालीमा परिवर्तन गर्नुछ। सबै अस्तित्वहरूको सम्मान गर्दै पहिचानको आधारमा प्रदेशको पुनः नामकरण गर्नुछ।’
 

प्रकाशित मिति: १७:३६ बजे, आइतबार, चैत ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्