Kathmandu Press

हाइटीमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्ने अमेरिकी तयारी

राजधानी पोर्ट–ओ–प्रिन्सको मुख्य विमानस्थल अशान्तिका कारण बन्द रहेकाले हाइटीको दोस्रो ठूलो शहर क्याप–हाइटियनबाट आपतकालीन उडान हुनेछ।
हाइटीमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्ने अमेरिकी तयारी

वासिङ्टन, चैत ४ : क्यारेबियन मुलुक हाइटीमा हप्तौंदेखि जारी हिंसात्मक झडपपछि संयुक्त राज्य अमेरिकाले हाइटीबाट आफ्ना नागरिकको उद्धारका लागि चार्टर उडानको व्यवस्था गर्न लागेको अमेरिकी दूतावासले आइतबार जनाएको छ।

राजधानी पोर्ट–ओ–प्रिन्सको मुख्य विमानस्थल अशान्तिका कारण बन्द रहेकाले हाइटीको दोस्रो ठूलो शहर क्याप–हाइटियनबाट आपतकालीन उडान हुनेछ।

हाइटीस्थित अमेरिकी दूतावासले आफ्नो वेबसाइटमा पोस्ट गरेको सुरक्षा चेतावनीमा भनिएको छ, 'क्याप–हाइटियनको सुरक्षा अवस्था स्थिर रहने ठानेर हामी क्याप–हाइटियनबाट संयुक्त राज्य अमेरिकामा अमेरिकी नागरिकका लागि चार्टर उडानको व्यवस्था गर्दैछौँ।'

Hardik ivf

दूताबासका अनुसार क्याप–हाइटियनस्थित विमानस्थललाई उडानका आवश्यकता अनुसार समय समयमा खुला गरिएको छ। उद्धारका लागि कुनै मिति घोषणा गरिएको छैन र कति जना अमेरिकीहरू उडान भर्न सक्षम हुनेछन् भन्ने स्पष्ट बताइएको छैन।

अमेरिकी दूतावासले पोर्ट–ओ–प्रिन्सदेखि क्याप–हाइटियनसम्मको करिब २०० किलोमिटर सडक मार्ग यात्राका लागि जोखिमपूर्ण’ भएको चेतावनी दिँदै आफ्ना नागरिकहरूलाई भनेको छ, 'यदि तपाईं क्याप–हाइटियन विमानस्थलसम्म सुरक्षित रूपमा पुग्नसक्ने विश्वास लागेमा मात्र यात्रा तय गर्नुहोला।'

अमेरिकाले गत आइतबार पोर्ट–ओ–प्रिन्सस्थित आफ्नो दूतावासबाट गैर–आवश्यक अमेरिकी कर्मचारीहरूलाई विमानमार्फत उद्धार गरेको थियो। सङ्कटका कारण अन्य धेरै देश र युरोपेली सङ्घले कूटनीतिक अधिकारीहरूलाई फिर्ता पठाएका छन्।

संयुक्त राष्ट्रसङ्घले पनि अत्यावश्यक बाहेकका कर्मचारीलाई बाहिर निकाल्ने बताएको छ। हाइटीस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनले बुधबार छिमेकी डोमिनिकी गणतन्त्रबाट हाइटीका लागि ‘एयरब्रिज’ को व्यवस्था गर्ने घोषणा गरेको छ।

अलोकप्रिय र अनिर्वाचित नेता प्रधानमन्त्री एरियल हेनरीलाई सत्ताच्युत गर्ने लक्ष्यका साथ सशस्त्र समूहले विगत दुई हप्तादेखि आक्रमण थालेपछि हाइटी विद्रोहको चपेटामा परेको छ। अमेरिका, संयुक्त राष्ट्रसङ्घ र क्यारेबियन प्रतिनिधिलगायत पक्षलाई एकै ठाउँमा ल्याउने आपतकालीन बैठकपछि हेनरी ले पद छोड्न सहमत हुनुभएको थियो। 

यसअघि शनिबार प्रहरीले कुख्यात गिरोहका नेता जिम्मी ‘बारबेक्यू’ चेरिजियरको नियन्त्रणमा रहेको पोर्ट–ओ–प्रिन्स इलाकामा बन्दुक जफत गर्नुका साथै अवरोध हटाएको अधिकारीहरूले बताएका थिए।

प्रकाशित मिति: १६:२८ बजे, आइतबार, चैत ४, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्