Kathmandu Press

२५ जना भन्दा बढी मलामी नआइदिन पशुपति क्षेत्र विकास कोषको अनुरोध

काठमाडौं, चैत ७ : पशुपति क्षेत्र विकास कोषले पशुपतिको आर्यघाटमा सम्भव भएसम्म २५ जनाभन्दा बढी व्यक्ति मलामी नआइदिन अनुरोध गरेको छ। सरकारले सार्वजनिक स्....

२५ जना भन्दा बढी मलामी नआइदिन पशुपति क्षेत्र विकास कोषको अनुरोध

काठमाडौं, चैत ७ : पशुपति क्षेत्र विकास कोषले पशुपतिको आर्यघाटमा सम्भव भएसम्म २५ जनाभन्दा बढी व्यक्ति मलामी नआइदिन अनुरोध गरेको छ। सरकारले सार्वजनिक स्थानमा २५ जनभन्दा बढी भेला हुन नपाउने भनी गरेको निर्णयलाई ध्यानमा राख्दै मलामीमा कम मानिस आइदिन कोषले अनुरोध गरेको हो।

कोषका कार्यकारी निर्देशक डा. घनाश्याम खतिवडाका अनुसार दैनिक हुने गरेको सामुहिक भजन र हरेक साँझ बाहिर हुने आरती पनि नहुने भएको छ। 'मन्दिरको नियमित नित्य पूजा चलिरहन्छ,' उनले भने, 'रसिद काटेर भक्तजनले गराउने विशेष पुजा भने बन्द गरिएको छ।'

अन्य समयमा भन्दा भक्तजनको संख्यापनि घट्दै गएको कोषले जनाएको छ।

साथै कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै मन्दिर प्रवेश गर्ने यात्रुलाई हात धोएर मात्र भित्र पस्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: १४:३५ बजे, शुक्रबार, चैत ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्