Kathmandu Press

इलाम २ मा उम्मेदवार बन्न इच्छुकसँग कांग्रेसले माग्याे प्रतिबद्धतापत्र

शनिबार बसेको क्षेत्रीय कार्य सम्पादन समितिको बैठकले चैत ५ गते साँझ ५ बजेसम्म इच्छुक उम्मेदवारलाई आवश्यक कागजातसहित निवेदन पेस गर्न भनिएको क्षेत्रीय सभापति डिकेन्द्र इदिंगोेले बताए। 
इलाम २ मा उम्मेदवार बन्न इच्छुकसँग कांग्रेसले माग्याे प्रतिबद्धतापत्र

इलाम, चैत ४ : आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। इलाम–२ को उपनिर्वाचनमा कुन दलले कसलाई उम्मेदवार बनाउने भनेर विभिन्न कोणबाट चर्चा हुने गरेको छ। यसै सन्दर्भमा नेपाली कांग्रेसले उम्मेदवारी प्रस्ताव पेस गर्न सूचना नै जारी गरेको छ ।

शनिबार बसेको क्षेत्रीय कार्य सम्पादन समितिको बैठकले चैत ५ गते साँझ ५ बजेसम्म इच्छुक उम्मेदवारलाई आवश्यक कागजातसहित निवेदन पेस गर्न भनिएको क्षेत्रीय सभापति डिकेन्द्र इदिंगोेले बताए। 

Hardik ivf

उम्मेदवारीको निवेदन दिन एक÷एक जना प्रस्तावक र समर्थक, राजनीतिक वैयक्तिक विवरण, पार्टीका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण रुपले सक्रिय रहने प्रणसहितको प्रतिबद्धतापत्र माग गरिएको छ ।

इलाम–२ बाट निर्वाचित एमाले नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । सोही रिक्त स्थानमा उप निर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का, महासमिति सदस्य एवम महाधिवेशन प्रतिनिधि भेषराज आचार्य, पूर्वसांसद केशव थापा र नगेन्द्र कुमाल आकांक्षी छन् ।

उम्मेदवार चयनका विषयमा केन्द्रीय तहमा पनि छलफल चलिरहेको छ।
 
प्रकाशित मिति: १५:५३ बजे, आइतबार, चैत ४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्