Kathmandu Press

कर्मचारीलाई सुरक्षित काम गर्ने वातावरण निर्माण गर्न स्थानीय तह कर्मचारी यूनियनको माग

काठमाडौं, चैत ७ : स्थानीय तह कर्मचारी यूनियन नेपालले स्थानीय तहमा काम गर्ने कर्मचारीलाई निर्धक्क भएर काम गर्ने  वातावरण तयार गरिदिन तीनै तहक....

कर्मचारीलाई सुरक्षित काम गर्ने वातावरण निर्माण गर्न स्थानीय तह कर्मचारी यूनियनको माग

काठमाडौं, चैत ७ : स्थानीय तह कर्मचारी यूनियन नेपालले स्थानीय तहमा काम गर्ने कर्मचारीलाई निर्धक्क भएर काम गर्ने  वातावरण तयार गरिदिन तीनै तहका सरकारसँग माग गरेको छ। कोरोना भाइरस (कोभिड - १९) संक्रमणको जोखिममा बढेसँगै संघले प्रत्यक्ष जनताको सम्पर्कमा रहेर काम गर्नुपर्ने कर्मचारीको सुरक्षा प्रत्याभूतिको माग गरेको हो। 

संघका महासचिव रामप्रसाद पौडेलले विज्ञप्ती जारी गर्दै सरकारले संक्रमण न्युनीकरणको लागि सर्वसाधारण तथा निकायलाई भेला, सभा सम्मेलन नगर्न, भीडभाडमा नजान सचेत गराइसकेको अवस्थामा कर्मचारीको सुरक्षालाई वेवास्ता गर्न नमिल्ने बताएका छन्।

स्थानीय सरकारका ५ हजार बढी वडा कार्यालयबाट भइरहेको फोहोरमैला व्यवस्थापन, आधारभुत स्वास्थ्य सेवा, शैक्षिक गतिबिधि, सूचना तथा सञ्चार, आपतकालीन खोज तथा उद्धार जस्ता कामहरु समुदायसँग मिलेर गर्नु पर्ने भएकाले आफूहरु अति जोखिममा रहेको विज्ञप्तिमा जनाइएको छ। साथै, कर्मचारीलाई आवश्यक सुरक्षा पोशाक तथा उपकरण, सुरक्षित काम गर्ने पूर्वाधार, जोखिमपूर्ण अवस्थामा निर्धक्क भएर काम गर्ने वातावरण निर्माण गरिदिन विज्ञप्तीमार्फत माग गरिएको छ।

प्रकाशित मिति: १४:११ बजे, शुक्रबार, चैत ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्