Kathmandu Press

भीडभाड हुन नदिन उपत्यकाकाे विभिन्न ठाउँमा ट्राफिक प्रहरी परिचालन

काठमाडौं, चैत ७ : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सतर्कता अभियान थालेको छ। महाशाखाका प्रमुख ....

भीडभाड हुन नदिन उपत्यकाकाे विभिन्न ठाउँमा ट्राफिक प्रहरी परिचालन

काठमाडौं, चैत ७ : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सतर्कता अभियान थालेको छ। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका मुख्यमुख्य बसपार्क एवं भीडभाड हुने स्थानमा नागरिकलाई सचेतना जगाउन र भीडभाड कम गराउन प्लेकार्डसहित शुक्रबारबाट ट्राफिक प्रहरी खटाइएको जानकारी दिए। 

सिट क्षमताअनुसार मात्र यात्रु राख्न, यात्रुलाई कोचिएर यात्रा नगर्न, सधैँ मास्क लगाएर यात्रा गर्न, भीडभाड गरी नबस्न अनुरोधसहितको अभियान शुरु गरिएको ढकालले बताए। उक्त अभियानका लागि महाशाखा तथा मातहतका ट्राफिक कार्यालयबाट उपत्यकाका ८६ स्थानमा दुई सय भन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ। 

महाशाखाले मादक पदार्थ सेवन, लेन अनुशासन उल्लङ्घन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालकउपर दिँदै आएको सचेतना कक्ष भने स्थगन गरेको जनाएको छ। ट्राफिक प्रहरीको कारवाहीमा परेका कागजपत्र नियमानुसारको जरिवाना तिरेर लान सकिने व्यवस्था महाशाखाले मिलाएको छ। 

सार्वजनिक सवारीसाधनमा स्यानेटाइजर छर्केर मात्रै सञ्चालन गर्न तथा सिट क्षमताभन्दा बढी यात्रु राखेर नचलाउनसमेत चालकलाई प्रहरीले अनुरोध गरेको छ। सोअनुसार भए नभएको अनुगमनका लागिसमेत टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:०५ बजे, शुक्रबार, चैत ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्