Kathmandu Press

काेराेनाकाे त्रास : मापासे परीक्षण स्थगित

काठमाडौं, चैत ७ : कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) जाँच स्थगित गरेको छ।

मापासे परीक्....

काेराेनाकाे त्रास : मापासे परीक्षण स्थगित

काठमाडौं, चैत ७ : कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) जाँच स्थगित गरेको छ।

मापासे परीक्षण गर्ने मेसिनबाट कोरोना भाइरसको संक्रमण फैन सक्ने भन्दै अति अवश्यक अवस्थाबाहेक परीक्षण नगरिने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

 महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालका अनुसार अति आवश्यक अवस्थामा व्यक्तिलाई अस्पताल लगेर चेक गरिनेछ र आफन्तको जिम्मा लगाइने छ।

साथै मापसेपछि जरिवानामा परेका व्यक्तिलाई दिइने गरेको सचेतना कक्षा पनि तत्काललाई स्थगित भएको छ।

प्रकाशित मिति: १३:१९ बजे, शुक्रबार, चैत ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्