Kathmandu Press

बैंकिङ स्रोतलाई राष्ट्रिय आन्तरिक उत्पादनमा परिचालन गरौं : गर्भनर अधिकारी

शनिबार काठमाडौंमा आयोजित ‘आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेरेन्स २०२४’ लाई सम्बोधन गर्दै उनले बैंकिङ स्रोतलाई राष्ट्रिय आन्तरिक उत्पादनमा परिचालन गरी उत्पादन बढाउन सुझाव दिए। 
बैंकिङ स्रोतलाई राष्ट्रिय आन्तरिक उत्पादनमा परिचालन गरौं : गर्भनर अधिकारी

काठमाडौंं, चैत ३ : नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले आम जनताको स्रोतहरु चलाइराखेकाले त्यसलाई निष्क्रिय र दुरुपयोग हुन नदिन आग्रह गरेका छन्। 

शनिबार काठमाडौंमा आयोजित ‘आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेरेन्स २०२४’ लाई सम्बोधन गर्दै उनले बैंकिङ स्रोतलाई राष्ट्रिय आन्तरिक उत्पादनमा परिचालन गरी उत्पादन बढाउन सुझाव दिए। 

Hardik ivf

उनले भने, ‘यहाँहरुले राष्ट्रको स्रोतहरु चलाइराख्नु भएको छ। आम जनताको स्रोतहरु चलाइराख्नु भएको छ। त्यसलाई खेर जान र निष्क्रिय हुन दिनुभएन। दुरुपयोग हुन दिनुभएन। त्यो बैंकिङ स्रोतलाई राष्ट्रिय आन्तरिक उत्पादनमा परिचालन गनुपर्छ जसले गर्दा उत्पादन बढोस् र अनुत्पादक चिजहरूमा यहाँहरूको आर्थिक स्रोतहरू खर्च नहोस्।’ 

राष्ट्रिय वाणिज्य बैंक सिस्टमभित्र रहेको बैंकहरु मध्ये न्यूनतम आधार दर भएको भन्दै त्यसले प्रतिस्पर्धात्मक क्षमता देखाएको बताए। विभिन्न चुनौति र कमजोरीको बीचमा आफ्नो शक्ति प्रयोग गरी जनविश्वास कायम गर्नेगरी कार्य गर्न पनि उनले आग्रह गरे। 
 

प्रकाशित मिति: १४:१२ बजे, शनिबार, चैत ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्