Kathmandu Press

लुम्बिनी प्रदेशसभा अधिवेशन स्थगित

प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेको पत्र बिहीबार प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेकाे छ।
लुम्बिनी प्रदेशसभा अधिवेशन स्थगित

बुटवल, चैत १ : लुम्बिनीमा ४ चैतका लागि बोलाइएको प्रदेशसभा अधिवेशन स्थगित गरिएको छ। तत्काल कुनै बिजनेस नभएकाले प्रदेश सभा अधिवेशन स्थगित गर्ने निर्णय गरेको बताइएकाे छ।

प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेको पत्र बिहीबार प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेकाे छ।

फागुन २१ गते एमाले–माओवादी केन्द्र गठबन्धन बनेपछि कांग्रेस नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता लिएको छ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभा छल्न बैठक स्थगित गरेको एमालेकाेआरोप छ।

 

प्रकाशित मिति: १७:३८ बजे, बिहीबार, चैत १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्