विनियोजन विधेयकले समाजवाद निर्माणको लक्ष्य समेट्नुपर्छ : पूर्वअर्थमन्त्री शर्मा
उनले सरकार पुनःगठन भएको अवस्थामा उठेका विषय र अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन आग्रह गरे।काठमाडौं, चैत १ : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले सामाजिक न्यायमा आधारित समाजवाद निर्माणको आधार तय हुने गरी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई संशोधन गर्न आग्रह गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले सरकार पुनःगठन भएको अवस्थामा उठेका विषय र अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन आग्रह गरे।
संविधानको मर्म र भावनाअनुसार समाजवादोन्मुख अवधारणामा बजेट आउनुपर्ने र त्यसले अर्थतन्त्रलाई बलियो बनाउँदै विदेशमा रहेका श्रमिक नेपाली दाजुभाइलाई समेत सचेततापूर्वक समेट्नुपर्नेमा उनको जोड थिए।
प्रकाशित मिति: १७:१८ बजे, बिहीबार, चैत १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एकैदिन झण्डै १६ हजार घट्यो सुनको मूल्यसोमबार, मंसिर १०, २०८१
जिल्लामै बढी आयकर दाखिला गर्दै 'द क्लिफ' बन्यो उत्कृष्ट करदातासोमबार, मंसिर १०, २०८१
ग्लोबल आइएमईका ग्राहकलाई समाज डेन्टलमा विशेष छुट, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ईएमआई सुविधाआइतबार, मंसिर ९, २०८१
सुनको मूल्य वृद्धि, तोलाको एक लाख ६७ हजार नाघ्यो आइतबार, मंसिर ९, २०८१