Kathmandu Press

सुनको मूल्य ८ सय बढ्यो

मंगलबार हालसम्मकै उच्च १ लाख २६ हजार पुगेको सुनको मूल्यमा बुधबार १ हजार रुपैयाँ घटेको थियो। तर, बिहीबार तोलामा ८ सय रुपैयाँले सुनको भाउ बढेर आएको छ।
सुनको मूल्य ८ सय बढ्यो

काठमाडौं, चैत १ : नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य फेरी बढेको छ।

मंगलबार हालसम्मकै उच्च १ लाख २६ हजार पुगेको सुनको मूल्यमा बुधबार १ हजार रुपैयाँ घटेको थियो। तर, बिहीबार तोलामा ८ सय रुपैयाँले सुनको भाउ बढेर आएको छ।

Hardik ivf

हिजो प्रतितोला १ लाख २५ हजार रुपैयाँमा झरेको छापावाला सुन बिहीबार १ लाख २५ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, आजका लागि महासंघले तेजावी सुन तोलामा १ लाख २५ हजार २ सय रुपैयाँ तोकेको छ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बुधबार १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५० रुपैयाँ बढेर १ हजार ५ सय १५ रुपैयाँ पुगेको छ।

फागुन महिनाको २६ दिनमा मात्रै नेपाली बजारमा ८ हजार ५ सय रुपैयाँले सुनको भाउ बढेर मूल्यमा नयाँ रेकर्ड राखेको छ।

 

प्रकाशित मिति: ११:४५ बजे, बिहीबार, चैत १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्