प्रेस युनियनको ९ औं महाधिवेशन स्थगित
काठमाडौं, चैत ६ : नेपाल प्रेस युनियनको ९ औं महाधिवेशन स्थगित भएको छ।
बिहीबार बसेको युनियनको सचिवालय बैठकले चैत २१ र २२ मा नेपालगञ्जमा ग....

काठमाडौं, चैत ६ : नेपाल प्रेस युनियनको ९ औं महाधिवेशन स्थगित भएको छ।
बिहीबार बसेको युनियनको सचिवालय बैठकले चैत २१ र २२ मा नेपालगञ्जमा गर्ने भनिएको ९ औं महाधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेको हो।
विश्वभर कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिरहेको र नेपालमा पनि सम्भावित सङ्क्रमणलाई लिएर सरकारले तत्काल सभा, सम्मेलन नगर्नू भनी जारी गरेको सूचनाअनुसार महाधिवेशन स्थगन गरिएको अध्यक्ष बद्री सिग्देलले जानकारी दिए।
‘कोभिड–१९’ को सम्भावित सङ्क्रमणलाई लिएर नेपाल सरकारले तत्काल कुनै पनि सभासम्मेलन नगर्न र सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको सूचना जारी गरेको थियो।
कोरोना भाइरसको सङ्क्रमण मुलुकमा सामान्य भई सरकारले सभा, सम्मेलन आयोजना गर्न स्वीकृति प्रदान गरेपछि छिट्टै नवौँ महाधिवेशनको मिति र स्थान निर्धारण गरिने अध्यक्ष सिग्देलले बताए।
साथै, युनियनले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट सजग र सतर्क रहन तथा सर्वसाधारणलाई सचेतनाका लागि सहयोग गर्न मुलुकभरका युनियनकर्मीलाई आह्वान गरेको छ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

