अभिभावक र विद्यार्थीसँग माफी माग्दै प्रश्नपत्र सुरक्षित राख्न परीक्षा बोर्डको आग्रह
काठमाडौंं, चैत ६ : राष्ट्रिय परीक्षा बोर्डले आजबाट सुरु हुने भनिएको एसइई स्थगन गरेपछि अभिभावक र विद्यार्थीसँगमा माफी मागेको छ। अन्तिम समयमा....

काठमाडौंं, चैत ६ : राष्ट्रिय परीक्षा बोर्डले आजबाट सुरु हुने भनिएको एसइई स्थगन गरेपछि अभिभावक र विद्यार्थीसँगमा माफी मागेको छ। अन्तिम समयमा परीक्षा स्थगन गरेपछि बोर्डले विज्ञप्ति जारी गर्दै विद्यार्थी र अभिभावक प्रति पर्न गएको असुविधाप्रति माफी मागेको हो।
बोर्डका सदस्य सचिव दुर्गा अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एसइई परीक्षा स्थगन हुँदा यसबाट विद्यार्थी तथा अभिभावकलगायत सम्बद्ध सबैमा पर्न गएको असुविधाप्रति बोर्ड क्षमा प्रार्थी छ।’
बोर्डले परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई एसइई परीक्षाका प्रश्नपत्रलगायतका सामग्री र उत्तरपुस्तिकाको गोप्य र सुरक्षित राख्न निर्देशन दिएको छ।
देशभरका एकैसाथ सुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को लागि एक हजार ९९५ परीक्षा केन्द्र तोकिएको थियो।
चैत ६ देखि १७ गतेसम्म कूल चार लाख ८२ हजार सात सय सात विद्यार्थी र परीक्षामा खटिने ६५ हजार जनशक्ति परिचालन राखिएको थियो।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

