Kathmandu Press

कोरोना रोकथामका लागि अमेरिकाले नेपाललाई गर्‍यो १८ लाख डलर सहयोग

काठमाडौं, चैत ६ : अमेरिकी सरकारले नेपाल सरकारको नोभल कोरोना भाइरस (कोभिड १९) सम्बन्धी तयारी तथा प्रतिकार्यलाई सशक्त बनाउन थप १८ लाख डलर सहयोगको घोषणा ....

कोरोना रोकथामका लागि अमेरिकाले नेपाललाई गर्‍यो १८ लाख डलर सहयोग

काठमाडौं, चैत ६ : अमेरिकी सरकारले नेपाल सरकारको नोभल कोरोना भाइरस (कोभिड १९) सम्बन्धी तयारी तथा प्रतिकार्यलाई सशक्त बनाउन थप १८ लाख डलर सहयोगको घोषणा गरेको छ।

यो रकम अमेरिकी अन्तर्राष्‍ट्रिय विकास नियोग (युएसएआइडी) को सङ्क्रामक सरुवा रोगविरुद्ध आपत्कालीन सञ्‍चित कोषको एक हिस्सा हो। कुल रकममध्येको झन्डै ११ लाख डलर कोभिड १९ को रोकथामबारे समुदायलाई शिक्षित बनाउन र भाइरससम्बन्धी गलत जानकारीविरुद्ध लड्न प्रयोग गरिनेछ।

बाँकी सात लाख डलरले विश्‍व स्वास्थ्य सङ्‍गठनमार्फत कार्यान्वयन भएका हाल जारी प्रतिकार्य क्रियाकलापमा टेवा पुर्‍याउनेछ। यो आपत्कालीन कोष अमेरिकी जनताको सहयोगबाट जम्मा भएको हो।

प्रकाशित मिति: १६:५७ बजे, बिहीबार, चैत ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्