Kathmandu Press

चाडपर्वले हामीलाई समृद्ध बनाएका छन् : प्रदेश प्रमुख शर्मा

शुभकामना सन्देशमा प्रमुख शर्माले यसमा पनि हाम्रा रोचक तथा मोहक चाडपर्वले हामीलाई थप समृद्ध बनाएको बताएका हुन्। आदिवासी शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होेसार पनि एक महत्वपूर्ण पर्व भएको प्रमुख शर्माको भनाइ छ। 
चाडपर्वले हामीलाई समृद्ध बनाएका छन् : प्रदेश प्रमुख शर्मा

मनहरी, फागुन २८ : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मनाइँदै गरिएको २५५१औँ ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै हाम्रा परम्परा, कला र संस्कृतिले हामीलाई विश्वमञ्चमा विशिष्ट पहिचान दिएको बताएका छन्।

शुभकामना सन्देशमा प्रमुख शर्माले यसमा पनि हाम्रा रोचक तथा मोहक चाडपर्वले हामीलाई थप समृद्ध बनाएको बताएका हुन्। आदिवासी शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होेसार पनि एक महत्वपूर्ण पर्व भएको प्रमुख शर्माको भनाइ छ। 

Hardik ivf

प्रमुख शर्माले आफ्नो शुभकामना सन्देशमा हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको उल्लेख गर्दै विविध विशेषताका कारण विश्वमान चित्रमा हाम्रो छुट्टै पहिचान बनेको बताएका छन्।

‘हाम्रो यो पहिचान निर्माणका लागि हाम्रा चाडपर्वको उल्लेखनीय भूमिका रहेको छ।’ प्रमुख शर्माको शुभकामना सन्देशमा उल्लेख छ, 'विभिन्न ल्होसारमध्ये ग्याल्पो ल्होसार पर्व हामी नेपालीहरुको राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग बन्न पुगेको छ।'  

प्रमुख शर्माले यो पर्वले आपसी सद्भाव एवं सहिष्णुता कायम गर्दै र राष्ट्रिय एकता हासिल गर्न सघाउ पुर्‍याउँदै आएको बताएका छन्। साथै, हाम्रो देशको संस्कृति संरक्षणका लागि यस्ता चाडपर्व कोसेढुङ्गा साबित हुनेछन् भन्ने आफूलाई पूर्ण विश्वास रहेको पनि प्रमुख शर्माले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

प्रकाशित मिति: १४:२२ बजे, सोमबार, फागुन २८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्