प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
विराटनगर, चैत ६ : प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
बिहीबार बसेको प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले अ....

विराटनगर, चैत ६ : प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
बिहीबार बसेको प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले अर्को सूचना नभएसम्म बैठक स्थगन भएको जानकारी दिएका हुन्। प्रदेशभाको चालू अधिवेशन २०७६ माघ २३ गतेदेखि शुरु भएपछि बिहीबार २२ औं बैठक बसेको थियो।
बिहीबारको बैठकबाट ‘प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ सर्वसम्मतिले पारित भएको छ। प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले सो प्रस्ताव सदनमा पेश गरेका थिए।
प्रदेश १ का बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथिको सैद्धान्तिक छलफल समाप्त भएको छ। सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा सामाजिक विकास राज्यमन्त्री जशमाया गजमेरले बालबालिकाको अधिकारलाई व्यवस्थित गर्न विधेयकले भरपूर मद्दत गर्ने बताएकी थिइन्।
बालगृह, बालआवास तथा भ्रुण हत्याजस्ता विधेयकमा स्पष्ट व्यवस्था भएकाले प्रारम्भिक बालबालिकाको उमेर पाँच वर्ष कायम गरिएको उनले बताइन्। सैद्धान्तिक छलफलमा १० सदस्यले आ–आफ्नो धारणा राखेका थिए।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

