मन्त्री अर्याल र भारतीय राजदूतबीच भेटवार्ता
काठमाडौं, चैत ६ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल र भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको....

काठमाडौं, चैत ६ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल र भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ।
बिहीबार सिंहदरबारमा भएको भेटमा मन्त्री अर्यालले नेपाल-भारतबीचको सम्बन्ध विशेष रहेको बताएकी थिइन्। मन्त्री अर्यालले नेपाल-भारतबीचमा केही विषयहरु लामो समयदेखि रहेको र दुई देशबीचमा आपसमा छलफल गरेर समाधान गर्नुपर्नेमा जोड दिएकी थिइन्।
भेटमा राजदूत क्वात्राले मन्त्री अर्यालको नेतृत्वको प्रशंसा गर्दै मन्त्रालयस्तरीय केही काममा दूतावासले सहकार्य गर्न सक्ने बताएका थिए। राजदूत क्वात्राले आफ्नो कार्यकालमा बाँकी रहेका कामलाई अझ सुदृढ बनाएर लैजानका निम्ति कोशिस गरिने बताए।
'मेरो कार्यकालमा हाम्रो सम्बन्धको प्रगति र गतिमा कमि नआओस्', राजदूत क्वात्राले भने,'दुई देशबीच कुनै समस्या छैनन्। असमझदारी रहेका विषय आपसमा शान्तिपूर्वक बसेर समाधान गर्न सकिन्छ।'









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

