Kathmandu Press

दाङमा बसपार्कमा पार्किङ गरी राखिएको बसमा आगजनी

दाङ, चैत ६ : दाङको तुलसीपुर बसपार्कमा पार्किङ गरी राखिएको बसमा आगजनी भएको छ। तीन महिनादेखि पार्किङ गरी राखिएको बसमा अज्ञात समूहले आगजनी गरेको इला....

दाङमा बसपार्कमा पार्किङ गरी राखिएको बसमा आगजनी

दाङ, चैत ६ : दाङको तुलसीपुर बसपार्कमा पार्किङ गरी राखिएको बसमा आगजनी भएको छ। तीन महिनादेखि पार्किङ गरी राखिएको बसमा अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले बताए।

उनका अनुसार तुलसीपुर उपमहानगरपालिका–५ निवासी सुमन कार्कीको ना ४ ख ७१८८ नम्बरको बसमा आगलागी भएको हो। बुधबार राति सवा ११ बजेतिर अज्ञात समूहले आगजनी गरेको पालले बताए। आगजनीलाई प्रहरीले बुधबार राति पौने १२ बजे नियन्त्रणमा लिएको थियो। 

घटनाबारे अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५:२१ बजे, बिहीबार, चैत ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्