Kathmandu Press

सेयर बजार बढ्यो, नेप्से परिसूचक २०५२.६५ विन्दुमा

साताको पहिलो दिन ७० लाख ४३ हजार ४५७ कित्ता सेयर २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रुपैयाँमा किनबेच भएको छ।
सेयर बजार बढ्यो, नेप्से परिसूचक २०५२.६५ विन्दुमा

काठमाडौं, फागुन २७ : सेयर बजार परिसूचकमा सुधार आएको छ। आइतबार नेप्से २२.१० अंकले बढ्दा परिसूचक २०५२.६५ विन्दुमा आइपुगेको छ।

साताको पहिलो दिन ७० लाख ४३ हजार ४५७ कित्ता सेयर २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रुपैयाँमा किनबेच भएको छ।

१९४ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा छन्। जलविद्युतबाहेक १२ उपसमूहका कम्पनीको सेयर मूल्य बढ्दा परिसूचक सकारात्मक विन्दुमा पुगेको हो। वीन नेपाल लघुवित्त र जाल्पा लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ। महुली लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स र उन्नति सहकार्य लघुवित्तको पनि सेयरमूल्य बढेको छ।

सेयर सर्वाधिक कारोबार भएका कम्पनीको सूचीमा शिवम् सिमेन्ट अग्रणी छ । शिवम्को ४ लाख ३० हजार १ सय १३ कित्ता सेयर २२ करोड ९३ लाख २५ हजार ६ सय ४३ रुपैयाँमा किनबेच भएको छ।

किनबेचमा सेयरको अन्तिम मूल्य प्रति कित्ता ५ सय ३७ रुपैयाँ रह्यो । यस्तै सोनापुर मिनरल्सको १८ करोड १३ लाख, जोशी हाइड्रोपावरको ७ करोड ९० लाख र हाथवे इन्भेष्टमेन्टको सेयर ७ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।  
 
१९४ कम्पनीको सेयरमूल्य बढ्दा ४६ वटाको भने घटेको छ। ४ कम्पनीको सेयरमूल्य स्थिर रह्यो। सर्वाधिक घट्नेमा चिरख्वा हाइड्रोपावर रह्यो।

चिरख्वाका लगानीकर्ताले ७.०६ प्रतिशतले गुमाएका छन्। घट्नेको सूचीमा पिपुल्स हाइड्रोपावर, जोशी हाइड्रोपावर, एनआइसी एसिया ग्रोथ फण्ड–२ र मध्यभोटेकोसी जलविद्युत पनि छन्।  

 

प्रकाशित मिति: १६:४५ बजे, आइतबार, फागुन २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्