Kathmandu Press

मासिक १२० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो : राष्ट्र बैंक

साउनदेखि माघसम्मको अवधिमा ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ। जसअनुसार मासिक १ खर्ब १९ अर्ब ८५ करोड रुपैयाँ रेमिट्यान्स आएको छ।
मासिक १२० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो : राष्ट्र बैंक

काठमाडौं, फागुन २७ : नेपालमा मासिक १२० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

साउनदेखि माघसम्मको अवधिमा ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ। जसअनुसार मासिक १ खर्ब १९ अर्ब ८५ करोड रुपैयाँ रेमिट्यान्स आएको छ।

गत बर्ष साउनदेखि माघसम्मको तुलनामा यस अवधिमा २१.६ प्रतिशतले रेमिट्यान्स बढी भित्रिएको देखिएको छ। यद्यपि, वृद्धिदर भने अघिल्लो वर्षको तुलनामा खुम्चिएकोे छ । अघिल्लो वर्ष माघ महिनामा २७.१ प्रतिशतले बढेको थियो।

अघिल्लो आर्थिक वर्षमा औसत १०१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

तथ्यांक अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले मात्र बढेको थियो।

यसैगरी यस वर्ष माघसम्म नयाँ श्रम स्वीकृति लिनेको संख्या दुई लाख ४७ हजार १२ जना रहेको छ। अघिल्लो वर्ष यसै अवधिमा तीन लाख १४ हजार ७६७ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए।

यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५४० जना रहेको छ । गत वर्ष भने यो संख्या १ लाख ६७ हजार ७०८ रहेको थियो।

प्रकाशित मिति: १६:०५ बजे, आइतबार, फागुन २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्