Kathmandu Press

जेठ १८ देखि मलेसियाले आप्रवासी कामदार नलिने

श्रम बजारमा आप्रवासी श्रमिकको संख्या बढी भएको भन्दै मलेसियन सरकारले मे मसान्तसम्म आप्रवासी श्रमिकलाई प्रवेश दिने र त्यसपछि रोक लगाउने घोषणा गरेको हो ।
जेठ १८ देखि मलेसियाले आप्रवासी कामदार नलिने

काठमाडौं, फागुन २७ : मलेसियाले औपचारिक क्षेत्रमा काम गर्न आउने आप्रवासी कामदारका लागि आगामी जेठ १८ देखि प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।

मागभन्दा आपूर्ति बढी भएको र त्यसले आन्तरिक सुरक्षामा समस्या सिर्जना गरेको भन्दै मलेसियाले अर्को आदेश नहुँदासम्मका लागि भन्दै आप्रवासी श्रमिकलाई भर्ना नलिने निर्णय गरेको हो।

यसबारे काठमाडौंस्थित मलेसियाली दूतावासले अनलाइन भिसाको आवेदन लिन अनुमति पाएका भिसा सेन्टरहरूलाई औपचारिक जानकारी गराइसकेको छ ।

मलेसियाको गृह मन्त्रालयले आवश्यक पर्ने आप्रवासी श्रमिकलाई मे ३१ अघि नै ल्याइसक्न रोजगारदाता कम्पनीलाई समयसीमा तोकिदिएको छ। रोजगारदाता कम्पनीले आप्रवासी श्रमिक ल्याउन अनुमति पाएको कोटा प्रयोग नगर्ने भए सो मितिभित्र रद्द गरिसक्नुपर्ने पनि उल्लेख गरिएको छ।

मलेसियाको गृह मन्त्रालयले मे १७ भित्रै आप्रवासी श्रमिकको भिसा लगाइसक्नुपर्ने जनाएको छ।

मलेसिया नेपाली कामदारको प्रमुख गन्तव्य मुलुक हो। मलेसियाको यो निर्णयले थुप्रै नेपाली प्रभावित हुनेछन्।

प्रकाशित मिति: ०८:४० बजे, आइतबार, फागुन २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्