विश्वविद्यालयमा पनि पढाइ बन्द र परीक्षा स्थगित
काठमाडौं, चैत ६ : कोरोना भाइरसको संक्रमणबाट जोगिन शिक्षण संस्था बन्द गरिएका छन्। बिहीबार विभिन्न विश्वविद्यालयले पनि पढाइ बन्द र परीक्षा तत्कालका लागि....

काठमाडौं, चैत ६ : कोरोना भाइरसको संक्रमणबाट जोगिन शिक्षण संस्था बन्द गरिएका छन्। बिहीबार विभिन्न विश्वविद्यालयले पनि पढाइ बन्द र परीक्षा तत्कालका लागि स्थगित गरेका छन्।
त्रिभुवन विश्वविद्यालयले चैत मसान्तसम्मका लागि सम्पूर्ण पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले चैत मसान्तसम्मका लागि कक्षा बन्द गर्ने निर्णय गरेको हो।
त्यस्तै, त्रिविले सबै तहका परीक्षा पनि स्थगित गरेको छ। तत्कालका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको उपकुलपति प्रा.डा. धर्मकान्ता बाँस्तोलाले बताए। चैत मसान्तसम्म त्रिविका सबै क्रियाकलाप बन्द गरिएको छन्।
त्यस्तै, सुदूरपश्चिम विश्वविद्यालयको कार्यकारी परिषद् बैठकले पनि पढाइ बन्द गर्ने निर्णय गरेको छ। बिहीबार सूचना जारी गरि चैत मसान्तसम्मका लागि कक्षा बन्द गरिएको जनाएको छ।
त्यस्तै, अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जनाएको छ। चैत मसान्तसम्म कुनै पनि क्रियाकलाप नगर्ने जनाएको छ।
कार्यालय भने नियमित सञ्चालन हुने जनाएको छ। त्यसका लागि विशेष सावधानि अपनाइएको छ। प्रवेशद्वारमै हात धुने र स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था गरेको छ।
सरकारले बुधबार नै स्कुल तहदेखि विश्वविद्यालयसम्मका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। त्यस्तै पढाइ पनि बन्द गर्ने निर्णय गरेको थियो। तथापि, विश्वविद्यालय स्वयत्त निकाय भएकाले आ–आफ्नै तवरले आज निर्णय गरेका हुन्।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

