Kathmandu Press

नेपाल मजदुर किसान पार्टीको नाममा चन्दा असुल्ने एकजना पक्राउ

भक्तपुर, चैत ६ : महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाल मजदूर किसान पार्टीको नाममा नक्कली लेटर प्याड तथा छाप बनाइ चन्दा उठाउँदै हिँड्ने एक जनालाई पक्रा....

नेपाल मजदुर किसान पार्टीको नाममा चन्दा असुल्ने एकजना पक्राउ

भक्तपुर, चैत ६ : महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाल मजदूर किसान पार्टीको नाममा नक्कली लेटर प्याड तथा छाप बनाइ चन्दा उठाउँदै हिँड्ने एक जनालाई पक्राउ गरेको छ। 

मध्यपुरथिमि नगरपालिका–५ राधेराधेबाट काठमाडौं बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौँडा बस्ने ५० वर्षीय गोपालबहादुर पुर्कुटीलाई बुधबार पक्राउ गरेको परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। पुर्कुटीलाई नेमकिपाको लेटर प्याड, विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छापसहित पक्राउ गरिएको उनले बताए।

प्रकाशित मिति: १२:४३ बजे, बिहीबार, चैत ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्