Kathmandu Press

पेट्रोलमा कालोबजारी गर्ने तीन पक्राउ 

सप्तरी, चैत ६ : सप्तरीको सुरुङगा नगरपालिका कुशहास्थित विभिन्न पसलमा बढी मूल्य लिई पेट्रोलमा कालोबजारी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। नगरपाल....

पेट्रोलमा कालोबजारी गर्ने तीन पक्राउ 
Hardik ivf

सप्तरी, चैत ६ : सप्तरीको सुरुङगा नगरपालिका कुशहास्थित विभिन्न पसलमा बढी मूल्य लिई पेट्रोलमा कालोबजारी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। नगरपालिका–५ कुशाहास्थित पसलमा अवैधरूपमा पेट्रोल प्रतिलिटर एक सय २० रुपैयाँका दरले बिक्री वितरण गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक बाबुराम कार्कीले बताए। 

पक्राउ पर्नेमा नगरपालिका–७ का ३७ वर्षीय अरुण चौधरी, ४० वर्षीय अली हसन र वडा नं ५ का ३० वर्षीय तेजनारायण भगत रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका चौधरीको साथबाट १७ लिटर, हसनको साथबाट पाँच लिटर र भगतको साथ दुई लिटर  पेट्रोल कालोबजारी गरी बेचबिखन गरिरहेको अवस्थामा बरामद गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।
 
यता पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय कडरबोनामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रकाशित मिति: १२:१६ बजे, बिहीबार, चैत ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्