सुन, चाँदीको मूल्यवृद्धि
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ५ सयले वृद्धि भई प्रतितोला एक लाख २५ हजार कायम भएको छ।
काठमाडौं, फागुन २४ : नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ५ सयले वृद्धि भई प्रतितोला एक लाख २५ हजार कायम भएको छ।
यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला एक हजार ५ सयले वृद्धि भई प्रतितोला एक लाख २४ हजार ४ सयमा कारोबार भइरहेको छ।
चाँदी प्रतितोला ३० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार ४७० मा कारोबार भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि भएसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो।
प्रकाशित मिति: १२:४५ बजे, बिहीबार, फागुन २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












